यी हुन् यौनशक्ति बढाउने खाना जब एक पुरुष र महिला नजिकिन थाल्छन्, तव उनीहरुबीच प्रेम हुन्छ र वैवाहिक सम्बन्धमा बाँधिन्छन् । विवाह भनेको दुई मनको मात्र हैन, तनको संगम पनि हो । वैवाहिक जीवनमा बाँधिएपछि श्रीमान्-श्रीमती दुबैले एक-अर्कालाई माया, प्रेमसंगै शरीर पनि सुम्पन्छन् । अझ भनौं यौन सम्बन्ध वैवाहिक जीवनमा अति नै महत्वपुर्ण कुरा हो । सबैलाई थाहा भएको कुरा हो-सुखी दाम्पत्य जीवनको आधार नै सफल सेक्स लाइफ हो । यदि तपाईको यौन जीवन स्वस्थ छैन भने तपाईको वैवाहिक जीवन कमजोर हुन थाल्छ । यौन जीवन स्वस्थ र सुखद होस् भन्नाका लागि तपाइर्ंले आफ्नो खानपानमा ध्यान दिनु आवश्यक छ । एउटा उखान नै छ नि-‘जस्तो खानुहुन्छ अन्न, त्यस्तै हुन्छ मन’ । तपाई आफ्नो यौन जीवन पुनः सुखद र स्वस्थ होस् भन्ने चाहानु हुन्छ भने यी खानेकुराहरुलाई आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्छ । खरबुजा गर्मी मौसममा पाइने यो फलले तपाईको यौन शक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्रा जस्तै काम गर्छ र यौन इच्छा तिव्र रुपमा बढाउछ । खरबुज...