Posts

Showing posts with the label nepali gajal

थाहै भएन - खेमराज रेग्मी

Image
समय चल्यो तर कसरी चल्यो थाहै भएन जिन्दगीको उतारचढावमा कैले बित्यो थाहै भएन  काँधमा चढ्ने वाला बच्चा कैले काधसम्म आएर पुगे थाहै भएन भाडाको घर बाट सुरु भएको कैले आफ्नो घर सम्म आएर पुगेछु थाहै भएन साइकलको पैदल मार्दा मार्दै थकित हुन्थिय उसटाइम कैले बाट कारमा घुम्ने भए थाहै भएन कैले थे म जिम्मेवारी आमा बुवाको खै कैले बच्चाको लागि भए जिम्मेदार थाहै भएन  एक समय थियो चिन्ता नलिएरै दिनमै सुत्ने गर्थे कैले रातको निद उडेर गयो थाहै भएन जुन काला बाक्ला बालमा पनि सर्माउथे म कैले बाट फुल्न लागे बाल थाहै भएन हर दिन भौतारिन्थे नौकरी को लागि  कैले रिटायर भइसके थाहै भएन बच्चाको लागि कमाउन बचाउनमा यती बिजी भए म  कैले बच्चा टाढा भइदिए थाहै भएन भरिपूर्ण परिवार देखेर छाती चौडा हुन्थियो मेरो  कैले हामी दुईमा सीमित भयो थाहै भएन अब सोच्न लागेको थिए आफ्ना लागि पनि केही गरम कैले शरीरले साथ दिन छोड्यो थाहै भएन - खेमराज रेग्मी (अछाम) 

nepali gajal #Khemraj_Regmi

#गजल# हाम्रो लिपुलेक पारी लिम्पियाधुरा झरौँ न नेपाली  हातमा हात समाई त्यो कालापानी तरौँ न नेपाली  दुश्मन बस्यो हाम्रो चौडा छातीमा काँडेतार राखेर, मुटुको पीडा सकिन्न खप्न अब केही गरौँ न नेपाली   हाम्रा पुर्खाले लडे नालापानीमा अनि वीरता देखाए, पुर्खाको गौरव गुमाउनु भन्दा त सँगै मरौँ न नेपाली  सुस्ता अनि कालापानीमा ती दुश्मनको रगत बगाई, सधैँ नै दुख्ने हाम्रो यो घाउमा मलम भरौँ न नेपाली  तिमी मधेशी म हिमालमा जन्मी पहाडमा हुर्केको, आऊ! तिमी र हामी मिलेर सुवास छरौँ न नेपाली 

पिउन दिनुहोस

#मुक्तक कम से कम जिउने आधार हुन्छ पिउन दिनुस बिमार मुटुको थोरै उपचार हुन्छ पिउन दिनुस धेरै पियो भनेर किन चिन्ता गर्नुहुन्छ साहु जि मेरो उद्धार,तपाको ब्यापार हुन्छ पिउन दिनुस।