कविता :आत्महत्या
कविता :आत्महत्या Khemraj News कलाकार निरु खड्का नेपाली दर्शकहरूमाझ परिचित नाम हो। हास्य टेलिसिरियल ‘मेरी बास्यै’मार्फत् लोकप्रिय बनेकी उनले थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशनसमेत गरेकी छन्। अध्ययनमा विशेष रुचि राख्ने खड्का पछिल्लो समय कविता लेखनमा समेत सक्रिय छिन्। उनको ‘आत्महत्या’ शीर्षकको कविता: सुन न साथी कविता :आत्महत्या आहा! क्या सुन्दर सम्झना, गुच्चा, डन्डीबियो र चुङ्गी खेल्दै बितेको त्यो बालापन। एक हातले फ्रक समाती, अर्को हातले सिंगान पुछ्दै भातको फूका डल्लो चपाउँदै स्कुल दौडिएको त्यो निश्चल पल। बेञ्चको कुनामा टाँस्थ्यौं चुइगम, रसिलो मान्दै महिनौं चपाउँथ्यौं, पढाइभन्दा, अघिल्तिर बस्ने साथीको टाउकोको जुम्रा गन्थ्यौं हामी। छोरा थिए स्वतन्त्र, छोरी थिए घरभित्र जब चेतना ब्यूँझियो र मनले बुझ्यो कुरा घुलियो विष बालापनमा असमानतासँग विद्रोह गर्यो बाल मस्तिष्कले, नसुनिएपछि आवाज एक मिटर सलले झुण्ड्याउन खोज्यो एघार वर्षे जीवन। थाहा छ साथी ? जब तिमीहरू निस्फ्रिक्री खेल्थ्यौं चउरमा खेल्थ्यो नानाभाँतीका कुरा मेरा मनमा मीठो हाँसोले गुञ्जिन्थ्यो कक...