Posts

Showing posts from December, 2021

International Nepali Topi Day✅ (अन्तर्राष्ट्रीय नेपाली "टोपी" दिवस)

Image
International Nepali Topi Day✅ (अन्तर्राष्ट्रीय नेपाली "टोपी" दिवस)is an event celebrated by Nepali people globally on 1 January  of English Calendar wearing Dhaka or Bhaad-gaaule Topi as their pride.All Nepali people wear Dhaka topi and Bhaad-gaaule topi on that day🎊❤️✅ #foryoupage #InternationalNepaliTopiDay #khemrajpost 💐🎉❤️

Happy New Year 🎉 2022

Image
Happy New Year 2022

परीक्षणका क्रममा सोलुखोला जलविद्युत्‌मा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते (ekantipur)

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो। घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्टइन्जिनियर २९वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए। ‘इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा थियो। पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुटिएपछि दुर्घटना भयो,’ म्यानेजर कर्णले कान्तिपुरसँग भने। पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो। अस्पता...