‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै Facebook Twitter Email PrintFriendly Share काठमाण्डाै - साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । घिमिरेकाे कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा/संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् । जसमा जुनु गौतमको स्वर छ । गौतम चलचित्रको सहनिर्मातासमेत हुनुहुन्छ । चलचित्रको प्रिमियर शाे अष्ट्रियाको भियनामा गरिसकिएको छ । साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बीपी मेमोरियल अस्पताल र काठमाण्डौको रातो बङ्गलामा चलचित्र छायाङ्कन गरिएको छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रले घिमिरेको संघर्षले ध...