Posts

Showing posts from June, 2020

nepali gajal #Khemraj_Regmi

#गजल# हाम्रो लिपुलेक पारी लिम्पियाधुरा झरौँ न नेपाली  हातमा हात समाई त्यो कालापानी तरौँ न नेपाली  दुश्मन बस्यो हाम्रो चौडा छातीमा काँडेतार राखेर, मुटुको पीडा सकिन्न खप्न अब केही गरौँ न नेपाली   हाम्रा पुर्खाले लडे नालापानीमा अनि वीरता देखाए, पुर्खाको गौरव गुमाउनु भन्दा त सँगै मरौँ न नेपाली  सुस्ता अनि कालापानीमा ती दुश्मनको रगत बगाई, सधैँ नै दुख्ने हाम्रो यो घाउमा मलम भरौँ न नेपाली  तिमी मधेशी म हिमालमा जन्मी पहाडमा हुर्केको, आऊ! तिमी र हामी मिलेर सुवास छरौँ न नेपाली 

Khemraj Regmi Logo

Image
Khemraj Regmi Logo 🔥

Mobile Course ✓ Multimeter

Image