nepali gajal #Khemraj_Regmi

#गजल#

हाम्रो लिपुलेक पारी लिम्पियाधुरा झरौँ न नेपाली 
हातमा हात समाई त्यो कालापानी तरौँ न नेपाली 

दुश्मन बस्यो हाम्रो चौडा छातीमा काँडेतार राखेर,
मुटुको पीडा सकिन्न खप्न अब केही गरौँ न नेपाली  

हाम्रा पुर्खाले लडे नालापानीमा अनि वीरता देखाए,
पुर्खाको गौरव गुमाउनु भन्दा त सँगै मरौँ न नेपाली 

सुस्ता अनि कालापानीमा ती दुश्मनको रगत बगाई,
सधैँ नै दुख्ने हाम्रो यो घाउमा मलम भरौँ न नेपाली

 तिमी मधेशी म हिमालमा जन्मी पहाडमा हुर्केको,
आऊ! तिमी र हामी मिलेर सुवास छरौँ न नेपाली 

Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक