नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

लोकप्रिय गायक Durgesh Thapa ले नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक गरेका छन्। गीतमा उहाँसँगै Sisan Baniya, Gurash Nani, र Alhaji Gero को पनि उपस्थिति रहेको छ, जसले गीतलाई थप रंगीन बनाएको छ।

"Jane Bhaye Jam Maya" ले नेपाली लोकशैलीलाई आधुनिक फ्लेभरसहित प्रस्तुत गरेको छ। गीतको शब्द, संगीत र एरेन्ज आफैं Durgesh Thapa ले गरेका छन् भने मिक्सिङ/मास्टरिङ Bimal Chhinal ले गरेका छन्।

गीतमा Posan Gharti Magar को मादल, Samir Jairu को सनाही, र Saroj Bista को गिटारले संगीतलाई अझै सशक्त बनाएको छ।

भिडियोमा Durgesh Thapa, Sisan Baniya, Laso Pema, Alhaji Gero र Gurash Nani को आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको डायरेक्शन र आर्ट डिरेक्शन Manik Pakhrin ले सम्हालेका छन् भने MUA र हेयरको जिम्मा Alija Sijawal, Saksham Pudasani, र Manju Karki ले लिएका छन्।

गीतले सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। अहिले सम्म १ लाख २० हजारभन्दा बढी दर्शकले हेरेका छन् भने ७५ हजारभन्दा बढी लाइक प्राप्त भइसकेको छ।

🎶 गीत हेर्नुहोस्: 👉 https://youtu.be/NfCLgB-oUYs?si=upL1rcmJCxTPGu5EYouTube Video Link

"Jane Bhaye Jam Maya" ले फेरि एकपटक प्रमाणित गरिदिएको छ कि Durgesh Thapa केवल गायक मात्र होइन, बहुप्रतिभाशाली कलाकार पनि हुन्।
नेपाली संगीतप्रेमीहरूका लागि यो गीत एक रमाइलो प्रस्तुति बनेको छ।

Comments

Popular posts from this blog

गोयलापानी समाजको चौथो साधारण सभा धनगढीमा ऐतिहासिक रूपमा सम्पन्न

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक