नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति
लोकप्रिय गायक Durgesh Thapa ले नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक गरेका छन्। गीतमा उहाँसँगै Sisan Baniya, Gurash Nani, र Alhaji Gero को पनि उपस्थिति रहेको छ, जसले गीतलाई थप रंगीन बनाएको छ।
"Jane Bhaye Jam Maya" ले नेपाली लोकशैलीलाई आधुनिक फ्लेभरसहित प्रस्तुत गरेको छ। गीतको शब्द, संगीत र एरेन्ज आफैं Durgesh Thapa ले गरेका छन् भने मिक्सिङ/मास्टरिङ Bimal Chhinal ले गरेका छन्।
गीतमा Posan Gharti Magar को मादल, Samir Jairu को सनाही, र Saroj Bista को गिटारले संगीतलाई अझै सशक्त बनाएको छ।
भिडियोमा Durgesh Thapa, Sisan Baniya, Laso Pema, Alhaji Gero र Gurash Nani को आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको डायरेक्शन र आर्ट डिरेक्शन Manik Pakhrin ले सम्हालेका छन् भने MUA र हेयरको जिम्मा Alija Sijawal, Saksham Pudasani, र Manju Karki ले लिएका छन्।
गीतले सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। अहिले सम्म १ लाख २० हजारभन्दा बढी दर्शकले हेरेका छन् भने ७५ हजारभन्दा बढी लाइक प्राप्त भइसकेको छ।
🎶 गीत हेर्नुहोस्: 👉 https://youtu.be/NfCLgB-oUYs?si=upL1rcmJCxTPGu5EYouTube Video Link
"Jane Bhaye Jam Maya" ले फेरि एकपटक प्रमाणित गरिदिएको छ कि Durgesh Thapa केवल गायक मात्र होइन, बहुप्रतिभाशाली कलाकार पनि हुन्।
Comments
Post a Comment