थाहै भएन - खेमराज रेग्मी

समय चल्यो तर कसरी चल्यो थाहै भएन
जिन्दगीको उतारचढावमा कैले बित्यो थाहै भएन
 काँधमा चढ्ने वाला बच्चा कैले काधसम्म आएर पुगे थाहै भएन
भाडाको घर बाट सुरु भएको कैले आफ्नो घर सम्म आएर पुगेछु थाहै भएन
साइकलको पैदल मार्दा मार्दै थकित हुन्थिय उसटाइम
कैले बाट कारमा घुम्ने भए थाहै भएन
कैले थे म जिम्मेवारी आमा बुवाको खै कैले बच्चाको लागि भए जिम्मेदार थाहै भएन 
एक समय थियो चिन्ता नलिएरै दिनमै सुत्ने गर्थे
कैले रातको निद उडेर गयो थाहै भएन
जुन काला बाक्ला बालमा पनि सर्माउथे म
कैले बाट फुल्न लागे बाल थाहै भएन
हर दिन भौतारिन्थे नौकरी को लागि 
कैले रिटायर भइसके थाहै भएन
बच्चाको लागि कमाउन बचाउनमा यती बिजी भए म 
कैले बच्चा टाढा भइदिए थाहै भएन
भरिपूर्ण परिवार देखेर छाती चौडा हुन्थियो मेरो 
कैले हामी दुईमा सीमित भयो थाहै भएन
अब सोच्न लागेको थिए आफ्ना लागि पनि केही गरम
कैले शरीरले साथ दिन छोड्यो थाहै भएन

- खेमराज रेग्मी (अछाम) 

Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक