प्रेम के हो ?

प्रेम के हो ?

प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।।। यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले  एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । अनगिन्ती दुख र पिडाहरू भुलाउन सक्ने अथवा मेटाउन सक्ने औषधी नै प्रेम बनेको छ । तपाईलाई प्रेमको अर्थ तब मिल्नेछ जब तपाईलाई केही गुमाएको महसुस हुन्छ । धेरैजसो मान्छेहरू प्रेमको पर्खाईमा भौतारिरहेका हुन्छन भने धेरैजसो मान्छेहरूको पर्खाईमा प्रेम नै भौतारिरहेको हुन्छ । अर्थात कसैको आँसुलाई प्रेमले खुसीमा बदल्छ भने कसैको खुसीलाई प्रेमले नै आसुमा बदलिदिन्छ । किनकी धेरैजसोहरू परिस्थितीलाई बुझ्न सक्दैनन् र आफ्नो खुसी मात्र खोज्न चाहन्छन तर त्यसरी खोजेको खुसी धेरै टिक्दैन र पिडामा परिणत हुन्छ ।-khemraj

Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक