प्रेममा परेपछि एउटाको भावना अर्कोलाई थाहा हुन्छ, कसरी ?

प्रेममा परेपछि एउटाको भावना अर्कोलाई थाहा हुन्छ, कसरी ?

हामीहरू भन्ने गर्दछौ कि मनदेखी माया गर्ने प्रेमी प्रेमीकाहरूले एक अर्काको मनको कुरा बुझ्छन अर्थात जब कुनै प्रेम जोडीहरूको प्रेम गहिराईको हुन्छ तब एकले अर्काको भावना बुझ्ने गर्छन र एकलाई अर्काको ढुकढुकी थाहा भईरहेको हुन्छ । हामी लाई यथार्थ थाहा नै हुदैन तर हामी त्यतिकै भन्छौ कि एकले अर्काको भावना बुझ्छन । तर वास्तबिक फरक नै रहेको हुन्छ । जब कुनै प्रेमीहरू प्रेमको गहिराई सम्म पुग्दछन तब उनिहरू एउटै किसिमको सोच्न थाल्दछन अर्थात तिनीहरू एक अर्कामा भएका फरक भावनाहरू हटाएर एकनासका र उस्ता उस्तै भावनाहरूलाई मात्र अगाडी बढाईरहेका हुन्छन अर्थात तिनीहरू एक अर्कामा नमिल्ने भावनाहरू त्याग्दै जान्छन र मिल्ने मिल्ने र उपयुक्त भावनाहरू मात्र एक अर्कामा जोड्दै जान्छन र तिनीहरूले एक अर्काका मनमा रहेका हरेक कुराहरू एक अर्कामा बाड्दै जान्छन अर्थात कुनै यस्तो कुरा नै बाकि रहदैन जुन एउटामा मात्र गोप्य रहेको होस । तिनिहरूले एक अर्काका भावनाहरू त पहिले नै बताईसकेका हुन्छन, त्यसैले त तिनीहरूमा एउटाको भावना अर्कोलाई थाहा हुन्छ । यदी तपाईले पनि कसैलाई धेरै माया गर्नुहुन्छ भने तपाईलाई पनि उनका भावनाहरू थाहा हुन सक्छन किनकी तपाई आफ्नो भन्दा पनि उनको बारेमा हरेक कुराहरू याद गरिरहेका हुन्छौ । त्यसैले तपाईको मनले पनि उनको जस्तो सोच्दै जान्छ र तपाईलाई उनका भावनाहरू थाहा भईरहेका हुन्छन । साचो माया गर्ने हरेक प्रेमीलाई प्रेमले यही उपहार दिईरहेको हुन्छ ।
#khemraj

Comments

Popular posts from this blog

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

रोपाइँको सौराइलाई समर्पित मौलिक गीत सार्वजनिक जनक साउँद र टिमको उत्कृष्ट सांगीतिक प्रयास

मन–माया को सफलता पछि गायक टंक तिमिल्सिना नयाँ उचाइमा, युट्युबमा १० लाख सब्सक्राइबरको उपलब्धि