प्रेम कहिले गर्ने, किन ?

प्रेम कहिले गर्ने, किन ?

प्रेम त यस्तो कुरा हो, जुन कतिबेला को सँग हुन्छ थाहै हुदैन । जब मनमुटु बदलिन्छ तब थाहा हुन्छ । तर पनि हामीले प्रेम गर्नुभन्दा पहिले निम्नलिखित कुराहरू बुझ्नु जरूरी हुन्छ, जसकारण पछिसम्म प्रेम सम्बन्ध बलियो हुन्छः

(१) मनदेखी नै साचो प्रेम गर्न चाहन्छौ भने बाध्यतामा प्रेम नगर्नुहोस, जसकारण तपाई दुईको प्रेम जति नजिकको भएपनि एकदिन अवस्य टाढिनु पर्नेछ साथै आज जती खुसी पाउछौ, भोली त्यो भन्दा कयौ गुणा बढी दुख र पिडा भोग्नुपर्नेछ । यदी एक हुन नै चाह्यौ भने पनि सायद त्यो बाहेकको सबैकुरा गुमाउनु पर्ला ।

(२) एकअर्काको हरेक भित्री भावनाहरू गहिराईमा नबुझीकन नै अगाडी नबढ्नुहोस । किनभने आज तपाईहरूको मनको भावना एउटै जस्तो हुनसक्छ तर जब बिस्तारै एक अर्काका भावनाहरू गहीराईमा बुझ्दै जान्छौ तब तपाई दुईका हरेक कुराहरू फरक बन्दै जान्छन र त्यस्तो सम्बन्ध हरपल पराई जस्तो महसुस हुन्छ र बिस्तारै एक अर्काबाट छुट्टीनुपर्ने कारण बन्न सक्छ ।

(३) जबसम्म तपाईले राम्रो नराम्रो हरेक कुराहरू छुट्याउन सक्नुहुन्न तबसम्म प्रेमको बारेमा सोच्न नखोज्नुहोस । किनभने आज तपाईले रहरले लाउनुभएको माया भोली गएर जहर बन्न पनि सक्छ । यस्तो जहर कि जसको औषधी नै लगभग असम्भव नै हुन्छ । र सायद मृत्यु बाहेक बिकल्पको औषधी नै पाउनुहुन्न ।

प्रेम र जिन्दगी - Khemraj

Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक