मन–माया को सफलता पछि गायक टंक तिमिल्सिना नयाँ उचाइमा, युट्युबमा १० लाख सब्सक्राइबरको उपलब्धि

काठमाडौं — पछिल्लो समय नेपाली संगीत क्षेत्रमा चर्चा कमाएका गायक टंक तिमिल्सिना युट्युबमा १० लाख (१ मिलियन) सब्सक्राइबर पार गर्दै नयाँ सफलता शिखरमा पुगेका छन्। हालै सार्वजनिक भएको उनको गीत ‘मन–माया’ ले अपार लोकप्रियता हासिल गर्दै दर्शक–श्रोताको मन जितेको छ।

पश्चिम नेपालबाट सांगीतिक यात्रा सुरु गरेका तिमिल्सिना आज नेपाली सुगम संगीतदेखि लोक र देउडा विधासम्ममा छुट्टै पहिचान बनाउँदै सफलताको शिखर चुमिरहेका छन्। उनका यसअघि सार्वजनिक भएका ‘मेरी चम्मा’ र ‘मुगु रारा तालैमा’ जस्ता गीतहरू युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुग्दै भाइरल भइसकेका छन्।

करिब ४०० भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक तिमिल्सिनाले गाउँदेखि सहर, भित्री समाजदेखि प्रवासी नेपालीहरूसम्म ठूलो संख्यामा श्रोताको मन जित्न सफल भएका छन्। उनको आधिकारिक युट्युब च्यानलले हालै १० लाख सब्सक्राइबर पार गरेको अवसरमा नेपाली संगीत क्षेत्रमा डिजिटल क्रान्तिमा टंक तिमिल्सिनाको योगदानलाई विशेष महत्वका साथ हेरिएको छ।

संगीतप्रतिको उनको समर्पण, निरन्तर अभ्यास र मौलिकपनले उनलाई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनाइरहेको छ। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित अघि बढिरहेका गायक तिमिल्सिना आगामी दिनमा अझ उत्कृष्ट सिर्जनासहित दर्शकमाझ आउने तयारीमा छन्।


Khemraj Regmi 

Comments

Popular posts from this blog

गोयलापानी समाजको चौथो साधारण सभा धनगढीमा ऐतिहासिक रूपमा सम्पन्न

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक