रियल र रील दुबैमा डिभोर्सको पीडा : विक्रम चौहानको नयाँ म्युजिक भिडियो 'डिभोर्स' चर्चामा

रियल लाइफ र रील लाइफको भावनात्मक पाटोलाई एकैसाथ समेट्दै तयार गरिएको नयाँ म्युजिक भिडियो ‘डिभोर्स’ अहिले सामाजिक सञ्जालदेखि दर्शकमाझसम्म व्यापक चर्चा बटुलिरहेको छ।

चर्चित निर्देशक विक्रम चौहानको निर्देशनमा बनेको यस भिडियोले डिभोर्स (सम्बन्धविच्छेद) को पीडा र गहिरा भावनालाई निकै वास्तविक रूपमा प्रस्तुत गरेको छ। अभिनयमा बगेका आँसुहरू केवल अभिनय मात्र नभएर यथार्थ अनुभूतिका झझल्काहरू हुन्।

भिडियोमा पात्रले निभाएको चरित्रले रियल जीवनका पीडाहरू सजीव रूपमा दर्शकहरूमाझ ल्याएको छ, जसले गर्दा भिडियोले भावनात्मक रूपमा छोएको छ भन्ने प्रतिक्रिया दर्शकहरूबाट आइरहेको छ।

‘डिभोर्स’ को कथा, निर्देशन, अभिनय र समग्र प्रस्तुतीले नेपाली म्युजिक भिडियो क्षेत्रमै गहिरो छाप छोड्ने संकेत देखिएको छ।

Comments

Popular posts from this blog

गोयलापानी समाजको चौथो साधारण सभा धनगढीमा ऐतिहासिक रूपमा सम्पन्न

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक