पछिल्लो समय सामाजिक सञ्जालमा 'आयुषको आमा' र 'आयुषको बाउ' भनेर चिनिने एक जोडी निकै भाइरल भएका छन्। उनीहरूको अभिनय, हाउभाउ र संवादशैलीले हजारौं दर्शकको मन जितिरहेको बेला, अब उनीहरूलाई लिएर नयाँ देउडा गीत सार्वजनिक भएको छ "साली त परानि भैगै, छुटक्कै मन चोरी लैगै" लोकल स्वाद बोकेको यो मौलिक गीतमा जीवन्त अभिनय र रमाइलो संवाद शैलीको तालमेल दर्शकको मन छुने खालको छ। विशेष गरी, यो गीतमा 'साली' र ' भिना' को बीचको मनोरञ्जक केमेस्ट्रीले हाँस्न बाध्य पार्छ भने गाउँघरको मौलिक परिवेशको झल्को पनि दिन्छ। गीतको भिडियो सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा छोटो समयमै भाइरल बन्दै गएको छ। युट्युब, फेसबुक, टिकटक लगायतमा यो जोडीका क्लिपहरू ट्रेन्डिङमा देखिन थालेका छन्। सांस्कृतिक जरा समेटिएको, प्रेम र हास्यको मिश्रणले भरिएको यो देउडा गीत न केवल रमाइलो छ, तर गाउँघरको यथार्थतालाई समेत उजागर गर्छ। "मन जित्ने त कला हो, तर मन चोर्ने भने सालीले पनि सक्दिछ," भन्ने भाव झल्काउने यस गीतले, नेपाली मौलिकपनलाई रमाइलो शैलीमा प्रस्तुत गरेर सबै पुस्ताको ध्यान ख...
पुणे, भारत – नेपाली समाजमा मौलिक संगीतप्रति लगाव झनझन गहिरिँदै गइरहेका बेला, गायक जनक साउँद र उनको सांगीतिक टिमले रोपाइँको सन्दर्भ समेटिएको नयाँ मौलिक गीत सार्वजनिक गरेका छन्। यो गीतले नेपाली गाउँघरको जीवनशैली, परिश्रम र संस्कारलाई सजीव रूपमा उजागर गरेको छ। “रोपाइँको सौराइ काट्नको लागि मौलिक स्वाद बोकेको गीत” भन्ने मूल सन्देशसहित सार्वजनिक गरिएको उक्त सिर्जनाले श्रोतामाझ गहिरो प्रभाव पारिरहेको छ। गीतमा नेपाली माटोको बासना, संस्कारको मिठास, र संस्कृतिको झल्को पाइन्छ, जुन आजका डिजिटल गीतहरूको भीडमा निकै ताजगीपूर्ण महसुस हुन्छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूबाट बधाई र सकारात्मक प्रतिक्रिया आइरहेका छन्। गायक जनक साउँद र सम्पूर्ण टिमलाई मनदेखि बधाई तथा धन्यवाद व्यक्त गर्दै, गीतप्रेमीहरूले लेखेका छन् – "यस्ता मौलिक गीतहरूले हाम्रो संस्कृति जोगाउने काम गर्छन्, अझै पनि मौलिकताको स्वाद मन पराउनेहरू छन् भन्ने विश्वास दिलाएको छ।" रोपाइँको सौराइलाई समर्पित मौलिक गीत सार्वजनिक — जनक साउँद र टिमको उत्कृष्ट सांगीतिक प्रयास
CB Creation को प्रस्तुतिमा बनेको डोटेली गीत “हातकी बाली” अब आधिकारिक रूपमा सार्वजनिक भइसकेको छ। यो गीत बहुप्रतिभाशाली कलाकार चक्र बम को स्वर, शब्द, संगीत र कन्सेप्ट मा तयार गरिएको छ। गीतमा समावेश गरिएको Poetry चर्चित सर्जक Nathan Raayoon द्वारा लेखिएको हो। गीतको संगीत पुष्कर खत्री द्वारा Produce, Mix र Master गरिएको छ। भिडियोमा चक्र बम र मिस्टी देउबा को सशक्त अभिनय देख्न सकिन्छ। 🎥 भिडियो छायांकन Himsagar Bam र Misan Cibirigo द्वारा गरिएको छ भने, सम्पादन पनि Himsagar Bam ले नै गरेका छन्। 📌 गीतको मुख्य जानकारी: 🎵 गीत: हातकी बाली (Hataki Baali) 🎙️ स्वर/शब्द/संगीत/Concept: चक्र बम ✍️ Poetry: Nathan Raayoon 🎧 Music Production/Mix/Mastering: पुष्कर खत्री 🎭 Cast: चक्र बम, मिस्टी देउबा 🎬 Video by: CB Creation 🎥 Cinematography: Himsagar Bam & Misan Cibirigo 🖥️ Edited by: Himsagar Bam 🎞️ Label: CB Creation 🎞️ Presented in association with: Brahbim Films YouTube 📺 अब हेर्नुहोस्: 👉 https://youtu.be/DZUwYcZJKRU?si=qDWTxPIizYl8yX-F
Good
ReplyDelete